धनगढी । कञ्चनपुरमा रहेको एक इँटा भट्टामा ट्रयाक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
पुनर्वास नगरपालिका–७ मा रहेको न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको र एक बालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिँदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको हो । ट्रयाक्टरले च्यापेपछि घाइते भएका उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको थियो । घाइतेमध्ये अजय कुमारको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, ११ वर्षीय घुर्रा कुमार गम्भीर घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार उनीहरूलाई काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घटनापछि चालक फरार छन् । उनको परिचय खुलेको छैन ।








प्रतिक्रिया