६ असार २०८३, शनिबार

राष्ट्रपतिद्वारा थप तीन वटा अध्यादेश जारी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् ।

सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको थियो । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइससकेको छ ।

सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।