काठमाडौं । जेनजी अगुवा रक्षा बमले ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाउन सरकारलाई चेतावनी दिएकी छन् ।
शनिबार सामाजिक सञ्जालमा छोटो टिप्पणी लेख्दै उनले यस्तो बताएकी हुन् ।
‘तिम्रा हरेक ज्ञानपूर्ण र विवेकपूर्ण निर्देशनहरूले जनताले ज्यान गुमाउँदै छन् । ‘काँध थाप्ने’ र ‘छाती थाप्ने’ ज्ञानको अहंकारबाट बाहिर निस्केर, बुद्ध जन्मेको देशमा समानुभूति र करुणालाई आधार बनाएर जनताले सुम्पिएको जिम्मेवारी पूरा गर ।’ उनले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को नाम नलिईक फेसबुकमा लेखेकी छन्, ‘किनभने जनताजति ज्ञानी कोही हुन सक्दैनन् । ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाऊ ।’

हिजो शुक्रबार प्रधानमन्त्री साहले बुद्ध जयन्तीको अवसरमा असली क्रान्ति ‘क’ बाट नभई ‘ज्ञ’ ज्ञानबाट सुरू भन्दै नेपाल सदैव अहिंसा र शान्तिको पक्षमा रहेको फेसबुकमा लेखेका थिए ।
पछिल्लो केहीदिनदेखि सरकारले बिनातयारी काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी बस्ती खाली गर्न डोजर चलाइरहेको छ । सरकारले पहिलो चरणमा काठमाडौं उपत्यका र त्यसपछि देशैभर सुकुम्बासी बस्ती, ऐलानी जग्गामा बनेका घरटहरा हटाउने डोजर अभियान जारी राख्ने तयारी गरेको छ ।








प्रतिक्रिया