२६ असार २०८३, शुक्रबार

ओभरलोड बोक्ने १३ टिपर नियन्त्रणमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मकवानपुरमा १३ वटा ओभरलोड टिपरहरुलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा शनिबार हेटौंडा उपमहानगरपालि–१९ को नेवारपानीस्थित मनहरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको १३ वटा टिपरहरूलाई फेला पारेको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरूमा म.प्र.०३९००१ क २५९५, २, म.प्र.०३९००१ क २५८१, ३, बा.प्र.०३९००१ ख १२७३, बा.प्र.०३९००१ ख १२७२, ५, ना.८ ख ४३८२, ६, म.प्र.०३९००१ क २५९१, म.प्र.०३९००१ क २५८३, बा.प्र.०३९००१ ख १२७०, ना ८ ख ५०२९, १०, ना १ क ८७०१, ना.१ क ८६९८, ना १ क ८६९६, बा.प्र.०३९००१ ख ४६६२ रहेकाे छ ।

प्रहरीले टिपरहरूलाई फेला पारी चेकजाँच गर्दा चुनढुङ्गा ओभरलोड रहेको तथा अन्य बिल नरहेकोले टिपरहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको १३ वटा टिपरहरूलाई थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।