३१ असार २०८३, बुधबार

अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । वर्षाको कारण बिपी राजमार्ग पुनः बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ ।

प्रहरीले मौसममा सुधार आएपछि तथा सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र पुनः राजमार्ग सञ्चालनबारे अर्को सूचना जारी गरिने स्पष्ट पारेको छ । यात्रु तथा सवारी चालकलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै थप जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

गत वर्ष र यस वर्षको वर्षायाममा आएको बाढीले रोशीखोला क्षेत्रमा बिपी राजमार्ग बगाएपछि सडक मर्मतका लागि अहिले रोशी खोलामा डाइभर्सन निर्माण गरी अस्थायी सडक निर्माण गरिएको छ । खोलामा सामान्य बाढी आउने बित्तिकै सो सडक अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्व आउजाउ गर्ने यातायात साधन रोकिएका छन् ।