३० असार २०८३, मंगलबार

चट्याङ लागेर एक महिलाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको शनिबार प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । रासस