७ असार २०८३, आइतबार

स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौं तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालय, विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेकी हुन् ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ । उनको स्थानमा डा. चुमनलाल दासलाई पठाइएको छ ।

यस्तै, विभागको परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा. मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ ।

मन्त्रालयमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी)का प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ । अब मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समन्वय महाशाखा प्रमुख यशोदा अर्यालले सम्हाल्नेछिन् ।