काठमाडौं । सरकारले आज (शनिबार)देखि काठमाडौं उपत्यकाको नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाउँदैछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बिहान ६ बजेदेखि अनधिकृत घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढ्नेछ ।

प्रधानमन्त्री बालेन साहले बुधबार गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेपछि सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए । सोही अनुसार काठमाडौं प्रशासनले शुक्रबार साँझसम्म बस्ती खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।
प्रधानमन्त्री साहले काठमाडौं महानगरपालिकाका मेयर हुँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यतिबेला महानगर र सुकुम्बासीबीच तनाव बढेपछि प्रक्रिया रोकिएको थियो ।







प्रतिक्रिया