२४ असार २०८३, बुधबार

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज (शुक्रबार) बस्दैछ । समितिको बैठक बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो ।

बैठकमा कृषि उत्पादनका साधनअन्तर्गत रासायनिक, जैविक तथा प्राङ्गारिक मल, बिउबिजनको आपूर्ति अवस्था तथा किसान प्रोत्साहन कार्यक्रमका लागि सरकारको तयारीबारे छलफल हुने कार्यसूचीमा तय गरिएको छ । समितिले उक्त विषयमा सरकारको तयारी, आपूर्ति व्यवस्थापन र किसानलाई उपलब्ध गराइने सहुलियत तथा प्रोत्साहन कार्यक्रमबारे सरोकारवालासँग विस्तृत छलफल गर्ने जनाएको छ ।

यससँगै बैठकमा विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ ।