काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका लागि आज (सोमबार) काठमाडौं आउँदै छन् । उनीसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई उच्च अधिकारीहरु पनि आउनेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, नेपाल भ्रमणमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले प्रधानमन्त्री बालेन्द्र साह, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
यसअघि फेब्रुअरीमा बंगलादेशमा नयाँ सरकार बनेपछि कपुर ढाका पनि पुगेर त्यहाँका शीर्ष नेताहरूसँग भेट गरेका थिए ।
उनी वैशाख ९ गते स्वदेश फर्कने तालिका छ ।








प्रतिक्रिया