१८ असार २०८३, बिहिबार

दुई वटा संसदीय समितिको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ । जसअनुसार दिउँसो १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमिति पुनर्गठन र समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमनबारे छलफल हुनेछ ।