१ श्रावण २०८३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १२ सय रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।