२६ असार २०८३, शुक्रबार

सर्लाहीमा युवकमाथि कैँची प्रहार, २ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन् ।

शनिबार साँझ करिब ६ः१५ बजे गोडैता नगरपालिका–७ मा पुरानो रिसइबीका कारण दुई पक्षबीच विवाद हुँदा झैँ–झगडा भएको थियो । सोही क्रममा गोडैता–७ का १८ वर्षीय आकाश दासमाथि पछाडिबाट धारिलो हतियार कैँची प्रहार गरिएको प्रहरीले जनाएको छ ।

कैँची प्रहारबाट घाइते भएका दासको टाउको र पिठ्युँमा चोट लागेको छ । गोडैतामा सामान्य उपचारपछि प्रादेशिक अस्पताल मलंगवामा लगिएका उनलाई त्यहाँबाट पनि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल अस्पतालमा रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा गोडैता–७ का १८ वर्षीय इबरान दर्जी मियाँ र वडा नं। ९ का १८ वर्षीय अपसैद बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विश्वेश्वर यादवले जानकारी दिए ।