१७ असार २०८३, बुधबार

सडक विस्तारका लागि वीरगञ्जमा बिहानैदेखि डोजर चल्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । डिभिजन सडक कार्यालय हेटौंडाले बिहानैदेखि वीरगञ्ज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काउन सुरु गरेको छ ।

कार्यालयले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकखण्डलाई फराकिलो बनाउने काम सुरु गरेको हो । कार्यालयले सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन डोजर प्रयोग गरेको हो ।

घरटहरा भत्काउन करिब एक दर्जन डोजर, जेसीबी २ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।