३१ असार २०८३, बुधबार

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १२ औं बैठक आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

यस्तै, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि छ ।