काठमाडौं । चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १० औं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अध्यक्ष पदमा बलामीले ९५ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष (संगठन)तर्फ रघुनाथ सापकोटाले ७३ मत ल्याउँदै विजय हासिल गरे भने नविन गिरिले ६२ मत पाए । उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष (महिला)मा दिपज्योति थापाले ७५ मतसहित निर्वाचित हुँदा सुष्मा कार्कीले ६२ मत प्राप्त गरिन् ।
यसैगरी, महासचिवमा गोपीकृष्ण चापागाईं ५४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत पाए । सचिवमा मदन रिजाल ९४ मतसहित निर्वाचित हुँदा सुरेन्द्र थापा मगरले ४५ मत प्राप्त गरे । सचिव (समावेशी) पदमा महम्मद जालिम निर्विरोध निर्वाचित भएका थिए । कोषाध्यक्षमा मनिष अञ्जान ७४ मतसहित विजयी हुँदा निशा बजगाईले ६५ मत प्राप्त गरिन् । सहकोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मत ल्याउँदै निर्वाचित हुँदा भोलाप्रणव सुवेदीले ४२ मत पाए ।
त्यसैगरी, सदस्यहरुमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।








प्रतिक्रिया