१६ असार २०८३, मंगलबार

प्रधानमन्त्रीलाई हर्क साम्पाङको आग्रह– तपाईंसहित सबै मन्त्रीको सम्पत्तिको स्रोत खोल्दिनु, जनताले पर्खिराछन्

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहसहित सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत देखाउन माग गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले प्रधानमन्त्री साहसहित सबै मन्त्रीहरूलाई सम्पत्तिको स्रोत देखाउन आग्रह गरेका हुन् ।

‘बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है ! जति ल्याउनु भो त्यो पूरा गर्नु पहिले ! अनि तपाईं लगायत सबै मन्त्रीहरुको सम्पत्तिको स्रोत खोल्दिनु ! जनताले त्यही पर्खिराछन् !’ साम्पाङले फेसबुकमा लेखेका छन् ।

यसअघि पनि सांसद साम्पाङले सरकारमा रहेका प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरुको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका थिए । उनले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण आए पनि त्यो कसरी आर्जन गरियो भन्ने कुरा प्रष्ट नभएको बताएका थिए ।

स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने साम्पाङको भनाइ थियो ।