२६ असार २०८३, शुक्रबार

सभामुख अर्याल ट्राफिक कारबाहीमा

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख डीपी अर्याल ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

काठमाडौंको थापाथलीस्थित सडकमा लेन क्रस गरेपछि सभामुख अर्याल चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।

बुधबार सभामुखको गाडीसँगै अगुवा र पछुवा गाडीलाई समेत ट्राफिक प्रहरीले चिट काटेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतका अनुसार यी गाडीले थापाथलीमा लेन मिचेका थिए ।

ट्राफिक प्रहरी सिंहदरबार नै पुगेर सभामुख अर्यालको सवारीलाई जरिवाना काटेको हो ।