२९ असार २०८३, सोमबार

कति धनी छन् हर्क साम्पाङ ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो नाममा सम्पत्ति केही पनि नरहेको बताएका छन् ।

आफ्नो सम्पत्तिबारे पनि चासो व्यक्त गरिएको भन्दै उनले आफ्नो नाममा केही नरहेको बताएका हुन् । खोटाङमा भिरालो खेतबारी र पाखो रहेको उल्लेख गर्दै उनले त्यो पनि हालसम्म अंश नलगाइएको प्रष्ट पारेका छन् ।

केही दिनभित्रै आधिकारिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि उनले बताएका छन् ।

‘मेरो सम्पत्ति विवरण चाहिएको रैछ। केही दिनपछि दिउँलान्त मेरो। मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा खोटाङ केपिलाशगढी-२ चोखाने गाउँको पाखारेखा, खरबारी बाँस र उतिस घारीसहितको केही खेतबारीछ। गाउँ भिरालो पाखामा छ। त्यो पनि दाजु-दिदीहरूले अंश लिएका छैनन्। मेरो नाममा केही छैन’, सांसद साम्पाङ लेखेका छन्, ४-५ तोला सुन वैदेशिक रोजगारीबाट जोडेको होला। बैंक ब्यालेन्स २-४ लाख होला। म सार्वजनिक गर्नेछु। केही छैन मेरो नाममा।’