काठमाडौं । नेपाली कांग्रेसको एक महिने जरा अभियान सुरु भएको छ।
क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि सभापति गगन कुमार थापाले अभियानको सुरुआत गरेका हुन्।
सभापति थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा क्रियाशील सदस्यता अद्यावधि गरी शुभारम्भ गरे।
असोजमा तय भएको महाधिवेशनको लागि कांग्रेसले सदस्यता अद्यावधिक गर्न लागेको हो। क्रियाशील सदस्यता अद्यावधिक गर्नको लागि पार्टीको प्रत्येक व्यक्ति वडामा जानुपर्ने व्यवस्था कांग्रेसले गरेको छ।
अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने व्यवस्था गरिएको छ।








प्रतिक्रिया