३२ असार २०८३, बिहिबार

मलामी जाँदै गरेका व्यक्तिको ट्र्याक्टरबाट खसेर मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि कन्काइ नगर अस्पताल, सुरुङ्गामा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारको क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ