२२ असार २०८३, सोमबार

अण्डाको मूल्य बढ्यो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ ।

लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा बराबर) ४६५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघिको ४५० रुपैयाँबाट १५ रुपैयाँले वृद्धि हो । मझौला अण्डाको मूल्य ४१५ रुपैयाँ तोकिएको छ, यसअघि ४०० रुपैयाँ थियो ।

सङ्घका अनुसार पछिल्लो समय कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादनमा कमी आएको छ । साथै, नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढेसँगै बजारमा अण्डाको माग उच्च भएको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट आयात घट्नुले पनि आपूर्ति प्रभावित भएको बताइएको छ ।

गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो, त्यसबेला ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा कारोबार भएको थियो । यद्यपि मूल्यवृद्धि भए पनि किसानहरू अझै लागत मूल्यभन्दा तल रहेको बताउँछन् । अण्डा उत्पादनको लागत प्रतिगोटा करिब १९.१२ रुपैयाँ पर्ने हुँदा प्रतिक्रेट लागत ५७४ रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।