काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि– २०८२ अब इतिहास भएको उल्लेख गरे ।
‘इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् । नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् ।









प्रतिक्रिया