१२ असार २०८३, शुक्रबार

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया आज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले शल्यक्रियाको मिति आजलाई तोकेका थिए ।

पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको अस्पतालले जनाएको छ ।

भदौ २३ र २४ घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिस बमोजिम पूर्वप्रधानमन्त्री ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना भएका थिए । तर उनलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो ।

थुनामुक्त भए पनि पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।