३ श्रावण २०८३, आइतबार

कानूनमन्त्री सोविताको सम्पत्ति कति ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कानुनमन्त्री सोविता गौतमको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको विवरण अनुसार सोविताको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ ।

यसैगरी उनको विवाहमा प्राप्त भएको १० तोला र पैत्रिक ५ तोला सुन रहेको देखाएकी हुन् । पैत्रिक ९ तोला चाँदी रहेको छ । यस्तै विवाहमै एक तोला हिरा प्राप्त भएको उनको विवरणमा उल्लेख छ । ग्लोब ट्रट हिमालय टूर्स एण्ड ट्रेक्समा ५० प्रतिशत सेयर, सोपा मल्टिपल कम्पनीमा प्रतिकित्ता एक सय दरको ६ हजार ५ सय कित्ता प्रमोटर सेयर भएको उल्लेख गरिएको छ ।

गाडी खरिदको लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख र एभरेष्ट बैंकबाट २५ लाख लिएको उल्लेख छ । श्रीमान ग्रृहेन्द्र घिमिरेले ९५ लाखको गाडी खरिद गरेको उल्लेख छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर गाडी खरिद गरेको जनाइएको छ । २ लाख ७५ हजारको स्कुटर खरिद गरिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।