काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.अ.बी ५२८१ नम्बरको कार दक्षिणकाली नगरपालिकाको रानीमडाँडामा दुर्घटना हुँदा काठमाडौं निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
कार ७ सय मिटर तल खसेको बताइएको छ ।
पहाडी खण्डको घुम्ती र अप्ठ्यारो सडकका कारण कार अनियन्त्रित भई भिरबाट खसेको प्रहरीको अनुमान छ ।















प्रतिक्रिया