काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया