बाजुरा । बाजुरामा दुई पहाडको बीच खोचमा सर्प आकारको ढुङ्गा छ । नाग बसेको जस्तो देखिने यो ढुङ्गालाई स्थानीयले सर्प ढुङ्गा भनेर चिन्ने गरेका छन् । यो ढुङ्गो सेरेगाड खोलामा छ ।
यस ढुङ्गाको बीच भागमा ठ्याक्कै सर्पको जस्तैः आकृति छ । पहिलोपटक उक्त ढुङ्गा देख्ने व्यक्ति चकित समेत हुने गरेका छन् । प्रायः धेरैले यो ढुङ्गो देखेका समेत छैनन् ।
ढुङ्गाको बीच भागमा नागबेली सर्पको आकृति छ । यो ढुङ्गा कुनै न कुनै हिसाबले चमत्कारी ढुङ्गो भएको स्थानीयको विश्वास छ । कतिपयले यसको उत्खनन् गर्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।









प्रतिक्रिया