३० असार २०८३, मंगलबार

लागूऔषधसहित ४ जना पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका–२ मुखिया टोलबाट लागूऔषध गाँजा करिब १८ किलो ६८८ ग्रामसहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा गाँजा फेला पारी पक्राउ गरेको हो ।

ललितपुरको गोदावरी नगरपालिका–५ लेलेबाट लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ लेले घर भएका ४० वर्षीय किरणकुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राजकुमार सुन्दास रहेका छन् ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।