४ श्रावण २०८३, सोमबार

स्वास्थ्य मन्त्रालयको निर्देशन– आइतबार ओपीडी खोल्नू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिदाको दिन पनि ओपीडी (बहिरंग) सेवा उपलब्ध गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ । कामको चाप र जनशक्ति हेरेर ओपीडी सेवा दिन मन्त्रालयले भनेको छ ।

यसरी काम गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था मिलाउन भनिएको छ । “अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड (कामको चाप) र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने,” मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यस व्यवस्थाको लागु गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्ने ।”

प्रादेशिक अस्पतालमा समेत यो व्यवस्था मिलाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।