२७ असार २०८३, शनिबार

कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

बिहीबार दर्ता भएको पूरक रिटलाई सर्वोच्चले आज (चैत २७)को पेसी दिएको छ । यसअघि विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै रिटको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको छ ।

सर्वोच्चबाट आदेश नहुँदै १५औँ महाधिवेशनसहित अन्य गतिविधि आधिकारिकता पाइसकेझैँ सुरु गरेको भन्दै देउवा पक्षले पुनः रिट लगेको हो । उसले १५औँ महाधिवेशन कार्यतालिका कार्यान्वयनमा रोक लगाउने आदेश माग गर्दै मुद्दाको छिनोफानो भएपछि मात्रै अन्य गतिविधि गर्ने आदेश माग गरेको छ ।