६ श्रावण २०८३, बुधबार

साउदीको आयल पाइपलाइनमाथि इरानद्वारा मिसाइल हमला

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच युद्धविराम भएका २४ घण्टापछि नै फेरि आक्रमण सुरु भएको छ । इजरायलले लेबनानमाथि भीषण हमला गरेसँगै युद्धविराम टुट्ने अवस्थामा पुगेको हो ।

इरानले लेबनानमाथि हमलाको जवाफ दिने चेतावनी दिएको केही घण्टाभित्रै साउदी अरबको महत्त्वपूर्ण ईस्ट–वेस्ट आयल पाइपलाइनमाथि ड्रोन र मिसाइल हमला गरेको छ । यो पाइपलाइन होर्मुज स्ट्रेटलाई बाइपास गर्नका लागि बनाइएको थियो ।

यो पाइपलाइन साउदी अरबका लागि निकै महत्त्वपूर्ण छ । यसकै माध्यमबाट साउदीको पूर्वी हिस्साबाट हरेक दिन ७० लाख ब्यारेल तेल यनबु पोर्टसम्म पु¥याइन्छ । यसका साथै देशका अन्य आयल फ्यासिलिटी समेत प्रभावित भएका छन् ।

इजरायलले लेबनानमा हमला गर्दा २५४ जनाको मृत्यु हुनुका साथै ८ सयभन्दा बढी मानिस घाइते भएका छन् । इजरायलले यो अहिलेसम्मकै सबैभन्दा ठूलो कारबाही भएको बताएको छ ।

इरानले यस्ता हमला लेबनानमा जारी राखेमा युद्धविराम भंग हुने र सिधा आक्रमणमा उत्रिने चेतावनी दिएको छ । जसले पूरै क्षेत्रमा तनाव बढ्ने इरानको चेतावनी छ ।