२५ असार २०८३, बिहिबार

प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज वाग्मती र कोसी प्रदेश प्रतिस्पर्धा गर्दै छन् । खेलमा वाग्मती तेस्रो जितको खोजीमा हुनेछ । तालिकाको सातौँ स्थानमा रहेको वाग्मतीले ६ खेल खेल्दा दुई जित र चार हारसहित चार अंक जोडेको छ ।

कोसी भने जितको खाता खोल्ने लक्ष्यमा हुनेछ । तालिकाको पुछारमा रहेको कोसीले ६ खेल खेल्दा एक अंक मात्र जोडेको छ । कोसीले ६ खेल खेल्दा पाँच हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो ।

यी दुईबीचको खेल जनकपुरको रामजानकी बहुदेश्यीय रंगशालामा बिहान ९ः३० बजे हुनेछ । आजै हुने दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध गण्डकी प्रदेशले चुनौती पेस गर्दै छ ।

खेलमा गण्डकी तेस्रो जितको खोजीमा हुनेछ । तालिकाको छैटौँ स्थानमा रहेको गण्डकीले पाँच अंक जोडेको छ । गण्डकीले ६ खेल खेल्दा दुई जित र तीन हार व्यहोरेको छ । र, टोलीको एक खेल रद्द भएको थियो ।

मधेस भने चौथो जितको खोजीमा हुनेछ । तालिकाको पाँचौँ स्थानमा रहेको मधेसले सात अंक जोडेको छ । मधेसले पाँच खेल खेल्दा तीन जित र एक हार आत्ममसाथ गरेको छ । मधेसको एक खेल भने रद्द भएको थियो ।

यी दुईबीचको खेल वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहान ९ः३० बजे हुनेछ ।