२८ आश्विन २०८३, बुधबार

अमेरिकासँग जारी युद्ध अन्त्य गर्न इरानले पठायो पाकिस्तानलाई शान्ति प्रस्ताव

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले अमेरिकासँग जारी युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने लक्ष्य राखेर पाकिस्तानलाई शान्ति प्रस्ताव पठाएको छ । दुई देशबिचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ ।

समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावमा जवाफ दिएको हो । आईआरएनएको रिपोर्टअनुसार इरानको नेतृत्वले लगभग दुई हप्तासम्म गहन समीक्षापश्चात् आफ्नो प्रतिक्रिया पठाएको हो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि आज मंगलबारसम्मको समयसीमा दिएपछि इरानले प्रतिक्रिया दिएको हो । ट्रम्पले मंगलबारसम्म होर्मुज स्ट्रेट नखोलिए इरानका पावर प्लान्ट र पुल ध्वस्त पारिने धम्की दिएका छन् ।

अप्रिल ६ मा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मध्यस्थकर्ताहरूमार्फत सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन् । तर अमेरिकाको १५–बुँदे योजना अस्वीकार गरेको दाबी गरेका छन् ।

आईआरएनएले लेखेको छ, ‘इरानको दश–अनुच्छेदको जवाफमा विगतका अनुभव उद्धृत गर्दै युद्धविरामको विचार अस्वीकार गरेको छ । बरु यसको सट्टा इरानले आफ्ना सर्तमा स्थायी समाधानमा जोड दिएको छ ।’

समाचार एजेन्सीका अनुसार इरानको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, होर्मुज स्ट्रेटमा सुरक्षित आवतजावतको सम्झौता, पुनर्निर्माण र प्रतिबन्ध हटाइनुपर्नेजस्ता धेरै माग छन् ।