२५ असार २०८३, बिहिबार

तीन देशका दूतावास अगाडि प्रदर्शन

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका–इजरायलले इरानमाथि जारी राखेको आक्रमण र इरानी प्रत्याक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

मानव अधिकार तथा शान्ति समाजले तीन देशका दूतावास अगाडि आज बिहान विरोध प्रदर्शन गरेको हो । महाराजगञ्जस्थित अमेरिकी दूतावास, लाजिम्पाटको इजरायली दूतावास तथा दरबारमार्गमा रहेको इरानी कन्सुलेट कार्यालयअगाडि शान्तिपूर्ण धर्ना दिएको समाजले जनाएको छ ।

इजरायली दूतावासको प्रदर्शनमा शान्ति समाजका अध्यक्ष रेनुका पौडेल आफैँले नेतृत्व गरेकी थिइन् । जहाँ अधिकारकर्मी कृष्ण पहाडी लगायत तीन दर्जन सहभागी थिए ।

दूतावासअगाडि सडक पेटीमा जम्मा भएका प्रदर्शनकारीले ‘शक्ति राष्ट्रहरूः युद्धको पक्षपोषण होइन, अन्त्य गर्न योगदान गर’, ‘अमेरिकाः स्टप द वार, प्रमोट दी पिस’, ‘युद्ध विस्तार हुँदैछ, मानवता पराजित हुँदैछ’ लगायतका नारा लेखिएका पेल्कार्द प्रदर्शन गरे ।

शान्ति समाजको आयोजनामा बिहान ११ बजेदेखि आधा घण्टा अमेरिकी दूतावास अघिल्तिर र त्यसअघि इरानी कन्सुलेट कार्यालयअगाडि प्रदर्शन गरिएको थियो ।