२१ जेष्ठ २०८३, बिहिबार

दाङमा डिजिटल प्रविधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ ।आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ ।

विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस वर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्नेगरी तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । उनका अनुसार डिस्प्ले बोर्ड र वेवसाइडमार्फत सार्वजनिक गर्ने तयारी रहेको छ । यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनिय हुने सूचना अधिकारी कुँवरले बताए ।

कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ । उनका अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेको छ । त्यो सम्भव नभए पनि दाङमा भने यो अभ्यास गर्ने उनले बताए ।