२२ असार २०८३, सोमबार

रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, ७ जना पक्राउ

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरुले दमौलीको मुख्य सडकमै कालो झण्डा देखाएका छन् ।

शुक्रबार तनहुँको सदरमुकाम दमौलीमा पार्टीको सभालाई सम्बोधन गर्न आइपुगेका लामिछानेलाई कालोझण्डा देखाएर उनीहरुले लामिछानेविरुद्ध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन उज्यालो नेपाल पार्टीको आधिकारिक कार्यक्रम नभएको बताइएको छ ।

प्रहरीले उज्यालो नेपाल पार्टीका ७ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।