काठमाडौं । हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगुमकामारोङ्ग गाँउपालिकामा प्रयोग हुँदै आएको खानेपानीका आयोजना र मुहानको खानेपानीको गुणस्तर परीक्षण गर्दा खानेपानीमा कोलिर्फम जीवाणु भेटाएको छ ।
एक साता यता मुगूम कार्मारोङ गाँउपालिका वास इकाइको आयोजना र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सुस्वा परियोजनामा पालिकास्तरीय खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालनमा रोङ्बु खानेपानी, मह खानेपानी, खाम्बादो खानेपानी, श्री मह खानेपानी, ढुङ्केधारा खानेपानी, ध्याचिमी खानेपानी मार्गी, पुलूँ खानेपानी, पिन्यारा खानेपानी चिभाथ, चिमाथ बहुउद्श्य खानेपानी, डोब खानेपानी, घोडपोले खानेपानी, पानी मूल खानेपानी चिमाथ, परौटी खानेपानी चिमाथ, चौथी खानेपानी, छायलचैर खानेपानी छाइल बजार, पिन्यारा खानेपानी पापु, धारी खानेपानी पापुलेख, राज थला खानेपानी पापु, रिक्धारा खानेपानी पापु, रिउसबगर खानेपानी, युङ्के खानेपानी रिउस गाउँ, छुसिम्बमे खानेपानी दाउर गरी १८ वटा खानेपानी आयोजनाको ३७ वटा पानी नमुना परीक्षण गर्दा खाक्बादो खानेपानी मह, चैती खानेपानी, छायल, पानीमुल खानेपानी चिमाथ, चिमाथ बहुउद्श्य खानेपानी चिमाथ, डोब खानेपानी घोडपाल खानेपानी, पिन्यारा मूल खानेपानी चिमाथ गरी ७ पानी मुहानको पानीमा कोलिर्फम जीवाणु भेटाएको मुगूम कार्मारोङ गाँउपालिका वास संयोजक मुकुन्द रावलले बताएका छन् ।
यसैगरी, सबैभन्दा बढी वडा कार्यालय छायल, बर्थिङ्ग सेन्टर छाइल, श्री नेपाल आधारभूत विद्यालयसमा धेरै मात्रमा कोलिफम जीवाणु भेटिएको छ । ५ वटा खानेपानी मुहानमा निकै धमिलोपना देखिएको छ ।
वास संयोजक रावलका अनुसार कोलिफर्म जीवाणु मानव जीवनका लागि नकारात्मक असर पर्ने रोग हो । यसबाट झाडापखाला, हैजा, आउमासी र गोला जुका लगायत पानीजन्य रोग लाग्ने भएकाले जीवाणुबाट बच्नको लागि खानेपानीको आयोजना रहेको मुहानमा सफा राख्ने, घेरबार गर्ने खानेपानी दैनिक उमालेर वा फिल्टर प्रयोग गर्ने, वाटर गाड प्यूस प्रयोग गर्ने, आरबिटीमा इनलाइन क्लोरिने सन जडान गर्दा पानीजन्य रोगबाट बच्न सकिने उपाय रहेको बताएका छन् ।
मुगूम कार्मारोङ गाँउपालिकाका अनुसार पालिकास्तरीय पानी परीक्षण गर्दा पालिकाका विभिन्न बस्तीहरूका नागरिकहरूले प्रयोग गर्दै आएको पानीका मुहानलाई सुधार, संरक्षण, व्यवस्थापन साथै खानेपानी उपभोक्त समिति लगायत स्थानीयलाई खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना जगाउने र प्रत्येक वर्ष खानेपानीका मुहानको गुणस्तर चेक गर्ने लगायतका कार्यक्रम गरिराखेको र यस्ता कार्यक्रम नियमित अगाडि बढाउने गाँउपालिकाले जनाएको छ ।















प्रतिक्रिया