११ असार २०८३, बिहिबार

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । धनुषाको औरही गाउँपालिका वडा नं. ६ मा एक जना पुरुषको शव फेला परेको छ ।

पुरुषको हात पछाडि बाँधिएको र धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका–९ रुदौलीका सुमित मण्डल रहेका छन् । दिउँसो ४ः३० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले धनुषा प्रहरीको टोली उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ ।

थप जानकारी आउन बाँकी रहेको छ ।