-अमृत गिरी
समकालीन नेपाली राजनीतिमा नीति, संगठन र अर्थतन्त्रबारे स्पष्ट दृष्टि राख्ने नेतामध्ये एक हुन् विष्णुप्रसाद पौडेल । विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको राजनीतिक यात्रा आज राष्ट्रिय नेतृत्व तहसम्म आइपुगेको छ ।
स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल भूमिगत राजनीतिक जीवनदेखि बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थासम्म निरन्तर सक्रिय रहे। २०३७ सालको गिरफ्तारी र जेल विद्रोहजस्ता घटनाले उनको राजनीतिक प्रतिबद्धता झल्काउँछन्
नेकपा (एमाले)का उपाध्यक्ष, पूर्वअर्थमन्त्री तथा रुपन्देही–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रूपमा उनले राष्ट्रिय नीति निर्माण र स्थानीय विकासबीच सन्तुलन कायम गर्ने प्रयास गर्दै आएका छन् । उनले अरुमाथि आरोप थोपर्ने होइन, आफैले सकारात्मक काम गर्नुपर्छ भन्ने असल नियतको भाष्य निर्माण गरेका छन् ।
संघर्षदेखि नेतृत्वसम्म
स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल भूमिगत राजनीतिक जीवनदेखि बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थासम्म निरन्तर सक्रिय रहे। २०३७ सालको गिरफ्तारी र जेल विद्रोहजस्ता घटनाले उनको राजनीतिक प्रतिबद्धता झल्काउँछन् । २०४६/४७ को जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे ।
संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य, रक्षा मन्त्री, जलस्रोत मन्त्री र छोटो छोटो समयका लागि भएपनि चार पटकसम्म अर्थमन्त्रीका रूपमा काम गर्दा उनले राज्य सञ्चालनका विविध आयामको अनुभव संकलन गरे । पार्टी संगठनमा महासचिवदेखि उपाध्यक्षसम्मको जिम्मेवारीले उनलाई नीति र संगठन दुवैमा प्रभावशाली बनाएको छ । उनलाई समन्वयकारी, तीक्ष्ण घ्राण शक्ति भएका, असल नियतका विकासप्रेमी नेता मानिन्छ । पार्टी भित्र होस कि पार्टी इतरका समूहका लागि पनि विष्णु पौडेल सालिन र सरल नेता मानिन्छनु । चुनावका बेलामा झूटा आश्वासन दिने, अरुलाई पूर्वाग्रह राखेर आरोप मात्रै लगाउने कतिपय नेताहरुको प्रवृत्ति यिनमा भने पटक्कै देखिन्न । बरु समन्वय र मिलनसार बनेर मन जितिरहेका छन् ।
अर्थमन्त्रीका रूपमा प्राथमिकता
पौडेलको अर्थमन्त्री कार्यकाल पूर्वाधार र पूँजीगत खर्च अभिवृद्धितर्फ केन्द्रित रह्यो । राष्ट्रिय गौरवका आयोजना अघि बढाउने, संघीय संरचनाअनुसार वित्तीय हस्तान्तरण सुदृढ गर्ने, निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने र राजस्व प्रणाली सुधार गर्ने विषयमा उनले जोड दिएका थिए । विशेषगरी भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारका लागि बजेट सुनिश्चित गर्नेदेखि कामलाई प्रभावकारी बनाउने र पूर्ण क्षमतामा सञ्चालन तथा प्रवर्द्वनमा उनको सक्रियता उल्लेखनीय मानिन्छ । अहिले पनि उनले यसको विजनेश वृद्धि र चलायमान बनाउने ध्याउन्नमा निरन्तर भूमिका निर्वाह गरेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्दै पर्यटन, व्यापार र रोजगारी विस्तार गर्ने दीर्घकालीन सोच उनले अघि सारेका छन् ।
राष्ट्रिय गौरवका आयोजना अघि बढाउने, संघीय संरचनाअनुसार वित्तीय हस्तान्तरण सुदृढ गर्ने, निजी क्षेत्रसँग सहकार्य
विस्तार गर्ने र राजस्व प्रणाली सुधार गर्ने विषयमा उनले जोड दिएका थिए ।

लुम्बिनी : आध्यात्मिक केन्द्रदेखि आर्थिक हबसम्म
लुम्बिनी केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, क्षेत्रीय अर्थतन्त्र चलायमान बनाउने सम्भावनाको आधार पनि हो । लुम्बिनी गुरुयोजना कार्यान्वयनलाई तीव्रता, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा अनुसन्धान केन्द्र स्थापना, पर्यटक बसाइ लम्ब्याउने पूर्वाधार विकास र निजी लगानी आकर्षणजस्ता योजना सार्वजनिक गरिएका छन् ।
बुद्धको जन्मस्थल लुम्बिनी मात्रै होइन, बुद्ध संग सम्बन्धित क्षेत्रहरुको बहुआयामिक विकास गर्नुपर्छ भनेर उनले लुम्बिनी केन्द्रित दिगो विकासको खाका बनाएका छन् । तिलौराकोट, रामग्राम, देवदह र बुटवल–बेलहिया क्षेत्रलाई एउटै पर्यटन सर्किटमा जोड्ने अवधारणाले ‘बृहत् लुम्बिनी’लाई अन्तर्राष्ट्रिय आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । बृहत् बुद्ध सर्किटको योजना उनकै संकल्प हो ।

रुपन्देही–२ : आर्थिक करिडोरको रूपान्तरण
बुटवल–भैरहवा करिडोरलाई व्यवस्थित ‘इकोनोमिक हब’ बनाउने, सडक चौडा तथा फ्लाइओभर निर्माण, औद्योगिक क्षेत्र विस्तार, प्राविधिक शिक्षा हब स्थापना र स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई विस्तार गरेर मुलुककै नमुना बनाउने, सेवाप्रवाहलाई प्रभावकारी बनाउने काममा उनले निरन्तर भूमिका निर्वाह गर्दै आएका छन् ।
मोतीपुर औद्योगिक क्षेत्रको पुनःसंरचना, बेलहिया एकीकृत जाँच चौकी सुदृढीकरण, सेमलार कृषि थोक बजार विस्तार र तिनाउ–दानव नदी नियन्त्रणजस्ता योजनाले कृषि, उद्योग र व्यापारलाई जोड्ने प्रयास देखिन्छ । यस्ता कैयन संकल्पहरुलाई उनले व्यवहारमै साकार पार्ने योजना बनाएका छन् ।

शिक्षा, स्वास्थ्य र डिजिटल अर्थतन्त्र
लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार, प्राविधिक तथा इन्जिनियरिङ शिक्षा विस्तार र ‘पढ्दै–कमाउँदै’ कार्यक्रममार्फत युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य अघि सारिएको छ । १२ तलामा बनिरहेको र १२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पताल पूर्ण सञ्चालन, ट्रमा सेन्टर स्थापना, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण र स्वास्थ्य बिमा प्रभावकारी कार्यान्वयन प्रतिबद्धतामा समेटिएका छन् ।
रुपन्देहीलाई डिजिटल सेवा र सफ्टवेयर विकास केन्द्र बनाउने, स्टार्टअप सिड फन्ड र बिना धितो परियोजना कर्जामार्फत उद्यमशीलता प्रवर्द्वन गर्ने योजना पनि अघि सारिएको छ । शिक्षाको र स्वास्थ्यको हबका रुपमा यो क्षेत्रको विकास गर्ने उनको लक्ष्य छ । एउटा प्रमुख सम्भावना रहेको ‘वेलनेश टुरिज्म’ को खाका पनि उनकै योजना हो ।
शिक्षाको र स्वास्थ्यको हबका रुपमा यो क्षेत्रको विकास गर्ने उनको लक्ष्य छ । एउटा प्रमुख सम्भावना रहेको ‘वेलनेश टुरिज्म’ को खाका पनि उनकै योजना हो ।
सैनामैना : सांस्कृतिक पहिचानसहितको नमुना सहर
सैनामैना बुद्धकालीन ऐतिहासिक सम्पदाले समृद्ध क्षेत्र हो । रानीबगियामा भेटिएको बोधिसत्व पद्मपाणीको मूर्ति, रानीकुवा र राजाकुवालगायत सम्पदाले यसको पुरातात्विक महत्व पुष्टि गर्छन् । सैनामैनालाई सांस्कृतिक–पर्यावरणमैत्री सहरका रूपमा विकास गर्ने, प्राकृतिक चिकित्सालय, नगर अस्पताल, चक्रपथ, ज्येष्ठ नागरिक मिलन केन्द्र र फोहरमैला प्रशोधन केन्द्रजस्ता पूर्वाधारलाई पूर्णता दिने योजना अघि बढाइएको छ । लामीरह बहुउद्देश्यीय जलाशय बाँध, हरित सहर अवधारणा र वन संरक्षण अभियानले दिगोपनालाई प्राथमिकता दिएको देखिन्छ । सैनामैनालाई व्यवस्थित सहरका रुपमा विकास गर्ने उनको संकल्प छ । उनकै अगुवाईमा निर्माण सुरु भएका, पूरा हुने अवस्थामा पुगेका र नयाँ तय गरिएका योजनाहरु नै यसका ताजा उदाहरण हुन् ।

स्थिरता, संरचना र सुशासन
पौडेलको राजनीतिक तर्क स्पष्ट छ–स्थिर सरकार र नीति निरन्तरता बिना दीर्घकालीन विकास सम्भव हुँदैन । बजेट सुनिश्चितता, संघ–प्रदेश–स्थानीय तह समन्वय, सार्वजनिक–निजी साझेदारी र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धताले सुशासनलाई प्राथमिकतामा राखेको संकेत गर्छ ।
अनुभव, निरन्तरता र स्पष्ट आर्थिक दृष्टिकोण
विष्णुप्रसाद पौडेलको राजनीतिक यात्रा संघर्ष, संगठन र आर्थिक नेतृत्वको संयोजन हो । राष्ट्रिय स्तरको अनुभव र स्थानीय विकासको स्पष्ट खाकासहित उनी रुपन्देही–२ मा प्रभावशाली व्यक्तित्वका रूपमा उभिएका छन् । लुम्बिनीलाई आध्यात्मिक केन्द्रबाट आर्थिक सम्भावनाको हबमा रूपान्तरण गर्ने, सैनामैनालाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने र रुपन्देहीलाई राष्ट्रिय आर्थिक केन्द्र बनाउने उनको दीर्घकालीन दृष्टि छ ।
पौडेलमा अनुभव र निरन्तरताका साथै संरचना र आर्थिक दृष्टिकोण स्पष्ट छ ।
विष्णुप्रसाद पौडेलको राजनीतिक यात्रा संघर्ष, संगठ न र आर्थिक नेतृत्वको संयोजन हो । राष्ट्रिय स्तरको अनुभव र स्थानीय विकासको स्पष्ट खाकासहित उनी रुपन्देही–२ मा प्रभावशाली व्यक्तित्वका रूपमा उभिएका छन् ।
को हुन् विष्णुप्रसाद पौडेल ?
नेपाली राजनीतिमा एक अनुभवी, इमानदार र सालिन नेताका रुपमा विष्णुप्रसाद पौडेललाई लिइन्छ । (जन्मः २०१६ मंसीर १६/ १ डिसेम्बर १९५९, पुतलीबजार–१०, स्याङ्जा) । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले २०५१ मा पाल्पा–३ बाट प्रतिनिधिसभा सदस्य जितेका, २०५६ मा रुपन्देही–३ बाट उम्मेदवार बनेका, २०६४ र २०७० मा रुपन्देही–४ बाट संविधानसभा र व्यवस्थापिका संसद सदस्य निर्वाचित भएका तथा २०७४ मा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य जितेका छन् ।
सरकारमा उनले २०५३–०५४ मा युवा, खेलकुद तथा संस्कृति मन्त्री, २०६५–०६६ मा जलस्रोत मन्त्री, २०६७–०६८ मा रक्षा मन्त्री, २०७२–०७३ र २०७७–०७८ मा अर्थमन्त्री तथा २०७८, २०७९ र २०८१–२०८२ मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पार्टी संगठनतर्फ २०७८ मा दशौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित, २०७५–२०७७ मा नेकपाका महासचिव, २०७७–२०७८ मा एमाले उपमहासचिव तथा विभिन्न अवधिमा केन्द्रीय सचिव, संगठन विभाग प्रमुख र अञ्चल इञ्चार्जका रूपमा कार्यरत रहेस २०३५–२०४६ सम्म भूमिगत राजनीतिमा सक्रिय रहँदै २०३७ मा गिरफ्तारी र भैरहवा जेल विद्रोहसमेत अनुभव गरेका उनले चीन, भारतलगायत विभिन्न देशको औपचारिक भ्रमणमा प्रतिनिधिमण्डल सदस्यका रूपमा सहभागिता जनाएका छन् । नेपालका सफल अर्थमन्त्रीका रुपमा उनलाई लिइन्छ ।








प्रतिक्रिया