२२ असार २०८३, सोमबार

‘समुन्नत संखुवासभा’ निर्माण गर्ने एमाले उम्मेदवार डा. कार्कीको संकल्प

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा । संखुवासभामा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका डा. अर्जुन कार्कीले चुनावी घरदैलोलाई तीव्रता दिएका छन् ।

सोमबार उनले खाँदबारी नगरपालिकाअन्तर्गत वडा नम्बर ९ मा घरदैलो गरेका छन् । यस क्रममा उनले जनसमर्थन बढ्दै गएको र चुनावमा विजयी हुने दाबी गरे । यसअघि एमालेले विशाल युवा भेलाको आयोजना गर्दै कार्कीलाई जिताएर समुन्नत संखुवासभा निर्माण गर्ने संकल्प गरेको थियो ।

कार्कीले जिल्लाको दिगो विकासका लागि जलस्रोत, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् । उनले आफू जिते पनि हारे पनि सधैं जनताको साथमै रहने विश्वास व्यक्त गर्दै विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए ।

कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मे हुर्केका उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

डा. कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन् ।