१० कार्तिक २०८३, मंगलबार

फास्ट ट्र्याकमा टुचन मेसिन ब्रेकफेल भई खसेर एक कामदारको मृत्यु, एक घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । निर्माणधीन काठमाडौं तराई–मधेश द्रुत मार्ग (फास्ट ट्र्याक)मा टुचन मेसिन ब्रेकफेल भई खसेर एक जना कामदारको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मंगलबार मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडास्थित निर्माणधीन फास्ट ट्र्याकको १ नम्बर पुलको खाडल खन्ने क्रममा काम सकेर खाल्डोबाट टुचनमा बसेर आउने क्रममा एक्कासी मेसिनको ब्रेक फेल भई अन्दाजी २१ मिटर तल खस्दा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई फास्ट ट्र्याकमा काम गर्ने २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस समयमा खाडलभित्र रहेको अवस्थामा पाँचपोखरी थाङपाल–६ घर भई सोही स्थानमा काम गर्ने ३७ वर्षीय जुल्फे तामाङलाई माथिबाट खसेको टुचनले ढाडमा लागेर घाइते भएको अवस्थामा उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।