३ असार २०८३, बुधबार

बैतडीमा ‘ईभी हाइस’ दुर्घटना, चालकको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गएराति दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक दोगडाकेदार–५ का मदन ठगुन्ना गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए ।

हाइसमा चालकमात्र सवार रहेका थिए । दुर्घटनाग्रस्त गाडी सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।