काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
लिङ्देनले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रसाईंलाई बिना शर्त अबिलम्ब रिहा गर्न सरकारसँग माग गरेका हुन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटकपटक पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ,’ लिङ्देनले भनेका छन्, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ ।’
प्रसाईंलाई शुक्रबार प्रहरीले काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार प्रसाइविरुद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको हो । उजुरी निर्वाचन आयोगले दिएको थियो । आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४ को दफा ४७ बमोजिमको कसुर गरेको भन्दै प्रहरीलाई पत्राचार गरेको थियो ।
प्रसाईं पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।










प्रतिक्रिया