काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका राणाले फेसबुक र ट्वीटर (एक्स)को भित्तामा मात्र सिमित नभई सार्वजनिक स्थल टुँडिखेलमा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोतका विषयमा बहस गर्न नेताहरूलाई चुनौती दिए ।
ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै उनीहरू नयाँ नभई पुरानै अनुहार भएको दाबी गरे ।
आगामी निर्वाचनमा कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताउँदै उनले गगनकै नाममा भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।















प्रतिक्रिया