३० जेष्ठ २०८३, शनिबार

पूर्वमाओवादी मानव मोक्तान र युनिक लामा एमालेमा प्रवेश

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । पूर्वमाओवादी तथा नेपाली कम्युनिष्ट पार्टी कैलाश गाउँपालिका कमिटीका सचिवालय सदस्य मानव मोक्तान र युवा नेता युनिक लामा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज एमाले मकवानपुरको कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता अनन्त पौडेल र जिल्ला उपाध्यक्ष हिदम लामाले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्दै कैलाश–३ का मोक्तानले माओवादी केन्द्रमा पालिका सचिवालय सदस्यको रूपमा काम गरेको उल्लेख गर्दै पछिल्लो समय माओवादीको अस्तित्व नै नहुने गरी पार्टीको मर्मविपरीत नयाँ पार्टी गठन गरेकाले आफूलाई ठीक नलागेकोले एमाले प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य सानु लामा, कैलाशका सहइन्चार्ज छेकु लामा, नेशनल भोलेन्टियर फोर्स कैलाश गाउँपालिका संयोजक अविरल मोक्तन लगायतको उपस्थिति रहेको थियो ।