१५ असार २०८३, सोमबार

सुनील थापाको योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ : प्रधानमन्त्री

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताएकी छन् । थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँ मन जित्न सफल भए । उहाँका यी हरेक चरित्र हामी दर्शकको स्मृतिमा सदैव जीवित रहनेछन् ।’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ ।’

थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।