काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महावीर पुनले रिसाएर मन्त्री पदबाट राजीनामा दिएको बताएकी छिन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताएकी हुन् ।
‘जहाँसम्म पुनजीको कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो । दुई चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले छाटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं । अनेक परिस्थिति हुन्छ । सबै कुरा हुँदैन ।’









प्रतिक्रिया