७ श्रावण २०८३, बिहिबार

रवि लामिछानेको दोहोरो पासपोर्टसम्बन्धी मुद्दा पेशीमा चढ्यो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेशीमा चढेको छ ।

युवराज सफलले दायर गरेको रिट आज न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

रिट पेशीको १२ नम्बरमा तोकिएको छ । लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको रिटमा दावी गरिएको छ ।