२२ जेष्ठ २०८३, शुक्रबार

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेशपछि लामाले आफू एमालेमा आउन अझै ढिला भएको बताए । नेपाल र जनताको निकास एमालेले मात्रै दिन सक्ने उनको भनाइ छ ।

अबको चुनावपछि केपी शर्मा ओलीको नेतृत्वमा देश बन्ने विश्वास उनले व्यक्त गरे ।